चन्द्रागिरिको मसिनेमा पहिरोले कार पुरियो

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिनेमा पहिरोले कार पुरिएको छ । शनिवार राति मसिनेबाट थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको कार मसिनेस्थित पहिरोमा पुरिएको हो ।
कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको छ । कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।