Ad Image

शिक्षक महासंघद्वारा पुनः आन्दोलनको चेतावनी

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/teachers-mahasangh.jpg

काठमाडौं । असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अघि नबढेपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा ढिलाइ वा षड्यन्त्र भए तत्काल आन्दोलनमा उत्रनु पर्ने अवस्था आउने बताएका छन् ।

गत वैशाख १७ गते राजधानी केन्द्रित २९ दिने शैक्षिक आन्दोलनपछि सरकारले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने लिखित प्रतिबद्धता गरेको थियो ।

तर निर्धारित समय गुज्रिँदासमेत विधेयक संसदमा पेश नहुँदा शिक्षक र कर्मचारीहरू सशंकित र आक्रोशित बनेको महासंघले जनाएको छ ।

महासंघले सरकारलाई प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गर्दै विधेयक तत्काल अगाडि नबढाए आन्दोलनका थप चरण घोषणा गर्ने चेतावनी दिएको छ ।