Ad Image

‘कुलिङ पिरियड’ सम्बन्धी त्रुटि राष्ट्रिय सभाबाट सच्याइन्छ : सभामुख घिमिरे

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/debraj ghimire.jpg

काठमाडौं । संघीय निजामती ऐनको ’कुलिङ पिरियड’ सम्बन्धी हालै उत्पन्न विवादबारे सभामुख देवराज घिमिरेले त्रुटि राष्ट्रियसभाबाट सच्याइने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय मामिलाका पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले समितिबाट आएको प्रस्तावमा कुनै थपघट नगरी सदनले पारित गरेको स्पष्ट पारे ।

‘समितिबाट जे प्रस्ताव आयो, त्यही पास भयो, सदनले केही थपघट गरेको होइन,’ उनले भने ।

छलफलको नियत एक भए पनि नतिजा फरक देखिएको भन्दै समितिकै सदस्यहरूले पनि गुनासो गरिरहेको सभामुख घिमिरेको भनाइ थियो ।

उनले छानबिन आवश्यक रहेको बताउँदै हरेक विधेयकप्रति जवाफदेहिता समितिकै हुने उदाहरण यो घटनाले प्रस्तुत गरेको उल्लेख गरे ।