माओवादी केन्द्रका सांसदले बहिष्कार गरे संसदीय सुनुवाइ समितिको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसदले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेका छन् ।
सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीश र न्याय परिषद् सदस्यको अनुमोदन गर्न बसेको बैठक माओवादी सांसद जनार्दन शर्मा र जगप्रसाद शर्माले बहिष्कार गरेका हुन् ।
न्यायाधीशमा प्रस्तावित नाम समावेशी नभएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् । सिफारिस भएका व्यक्तिको बारेमा असहमति भएर नभइ संविधान उलङ्घन हुन लागेकाले निर्णय प्रक्रियामा सामेल नभएको सांसद जनार्दन शर्माले बताए ।
समितिले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको अनुमोदन गरेको छ ।