गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न–जीवी राईलाई कहाँ लुकाएर राख्नुभएको छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले गृहमन्त्री रमेश लेखकले सहकारी ठगीका नाइके जीबी राईलाई लुकाएर राखेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले सहकारी ठगीका नाइके जीबी राईलाई किन पक्राउ नगरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न गरेका हुन् ।
उनले ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको सहकारीमा अहिलेको सरकारले समेत अर्बौंको डिल गरेको आरोप समेत लगाएका छन् ।
‘झण्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा राईसँग अहिलेको सरकारले कति अर्बमा डिल गर्यो ? यो खोजी कार्य जारी गर्न पर्यो’ सांसद शाहीले भने–‘हिजो प्रतिपक्षमा हुँदा जीवी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नु भएको छ । राईलाई कहाँ लुकाएर राख्नुभएको छ?’