Ad Image

रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dam.jpg

रसुवा । सोमवार राति रसुवामा आएको बाढीमा फसेका ५० जनाको उद्धार गरिएको छ । नेपाल  प्रहरी,  सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलवार दिउँसो १ बजेसम्ममा बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरेको हो ।

प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिहरूमा ४ महिला र ४६ पुरुष रहेका छन्। उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

बाढीले थप क्षति पुर्‍याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ ।  सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।