Ad Image

बाढीको स्थलगत अवलोकन गर्न रसुवा जाँदै प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KP-Oli11.jpg

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति गरेपछि स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् । प्रधानमन्त्री ओली मंगलवार अपराह्न रसुवा जान लागेका हुन् । 

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि रसुवा जान लागेका छन् । प्रधानमन्त्री ओली बालुवाटारबाटै हेलिकप्टरमा रसुवातर्फ जाने छन् भने अर्थमन्त्री र गृहमन्त्री अर्को हेलिकप्टरबाट रसुवा जाने बताइएको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि रसुवा जाने कार्यक्रम छ।