नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन


काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नागरिक उन्मुक्तिबाट मधेश प्रदेशमा समानुपातिक सांसद रहेकी उर्मिला देवी सिंहले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी गराएकी छिन् ।
आज बसेको प्रदेश सभा बैठकमा सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको भन्दै आफूसँग प्रमाण रहेको दाबी समेत गरिन् ।