Ad Image

बाढीको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री ओलीसहित गृहमन्त्री र अर्थमन्त्री रसुवा प्रस्थान

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli g.PNG

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति गरेपछि स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रसुवा प्रस्थान गरेका छन् । मंगलवार अपराह्न नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली रसुवा प्रस्थान गरेको हो । 

टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका सरकारी अधिकारी रहेका छन् । प्रधानमन्त्री ओली बालुवाटारबाटै हेलिकप्टरमा र अर्थमन्त्री र गृहमन्त्री भने अर्को हेलिकप्टरबाट रसुवा प्रस्थान गरेका हुन् ।

टोलीले घटनास्थलको अवलोकनपछि राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।