Ad Image

मंगलवार राति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बढी वर्षाको सम्भावना

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/barsa.PNG

काठमाडौं । भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा मंगलवार (आज) राति बढी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गर्दै भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको सूचनामा उल्लेख गरिएको छ । भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रका बासिन्दासहित अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।