Ad Image

झापामा भारतीय नागरिक एयर पेस्तोलसहित पक्राउ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jha.jpg

झापा । झापाको मेचीनगर नगरपालिका–६ मा एक भारतीय नागरिक एयर पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्जिलिङ, पश्चिम बंगालका २५ वर्षीय प्रतीक अग्रवाल रहेका छन् ।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मेची भन्सार नजिकै चेकजाँचका क्रममा अग्रवालको स्कुटरको डिक्कीमा लुकाइएको एयर पेस्तोल फेला पारेको हो ।

प्रहरीले १ थान एयर पेस्तोल, १८ राउण्ड मेटल बुलेट र ४ थान मोबाइल बरामद गरेको जनाएको छ । अग्रवालमाथि अवैध हतियारसम्बन्धी थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।