Ad Image

बारामा यसवर्ष ९१ हजार मेट्रिक टन चैते धान उत्पादन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dhan-kheti.jpg

बारा । बाराका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । 

कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन् । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा  बिक्री गरिरहेका छन् ।

गत वर्ष  प्रतिक्विन्टल रु तीन हजारको दरले बिक्री वितरण भएको थियो । उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार  हेक्टर क्षेत्रफलमा खेती गरेको हो ।

गत कृषकहरु १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए ।