Ad Image

रास्वपालाई सुनिताको जवाफ : ‘ज्ञान हामी पनि सिकाउँछौँ, हेक्का पुर्‍याएर बोल्नुस्’

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sobota-sunita.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदलाई अफवाह फैलाउने र गलत टिप्पणी गर्ने थलो नभएको बताएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले यस्तो भनाइ राखेकी हुन् ।

बरालले सांसद गौतमलाई तथ्यमा आधारित भएर बोल्न आग्रह गरिन् । उनले भनिन्, ‘देशको प्रधानमन्त्री दल विशेषसँग मात्र सम्बन्धित हुँदैन। राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ। तपाईंलाई भाषाको ज्ञान र परिभाषा सिकाउनुपर्यो भने हामी तयार छौँ, तर हेक्का पुर्याएर बोल्नुस्।’

सांसद गौतमले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएकोमा समेत बरालले आपत्ति जनाएकी थिइन् ।