Ad Image

गृहमन्त्रीको प्रश्न– रवि लामिछाने भिजिट भिसामा अमेरिका जानुभएको हो कि होइन?

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal_KTM_RSS_25__DG_0821.jpeg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पार्टी सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएका हुन् कि होइनन् भन्नेबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले आफूले लामिछाने भिजिटरको रूपमा अमेरिका गएको सुनेको भन्दै यसबारे जानकारी दिन माग गरेका हुन् । उनले भने, ‘उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन? होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

लगत्तै, गृहमन्त्री लेखकले भिजिट भिसामा गएर सोही देशको नागरिकता लिन पाइन्छ कि पाइँदैन भनेर प्रश्न समेत उठाए । उनले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेता वा कार्यकर्ताले अरूलाई नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन भन्दै नैतिकताको प्रश्न आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिए ।