नेप्सेमा साताकै ठूलो वृद्धि, ७ अर्ब बढीको कारोबार


काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आज बजार बन्द हुँदा नेप्से २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा पुगेको छ, जुन ०.८९ प्रतिशतको वृद्धि हो ।
आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कूल २४८ कम्पनीका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिदबिक्री भए । कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ; १९९ वटा कम्पनीको मूल्य बढ्यो भने ४९ वटाको मूल्य घट्यो ।
आज सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रह्यो, जसको सेयर मूल्य ६.२१ प्रतिशतले बढ्यो । त्यसैगरी, सञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशत र एनआईसी एसिया बैंकका लगानीकर्ताले ३.९३ प्रतिशत कमाए ।
कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी ४६ करोड ७१ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो । बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।