Ad Image

शेखर निकट लुम्बिनीका महामन्त्री खनाल कांग्रेसबाट निष्कासित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bikram-Khanal.jpg

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बुधबार लुम्बिनी प्रदेश समितिलाई पत्र पठाउँदै खनालमाथि कारबाहीको जानकारी गराएका हुन् ।

खनालमाथि गत प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको थियो । कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले यस सम्बन्धमा अनुशासन समितिमा उजुरी दिएका थिए ।

अनुशासन समितिले खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका–१० निवासी खनाल नेता डा. शेखर कोइराला निकट मानिन्छन् । खनालकै विषयमा यसअघि केन्द्रीय समिति बैठकमा कोइराला र चौधरीबीच भनाभन समेत भएको थियो ।