Ad Image

रेशम चौधरी प्रकरण : महिमानसिंहको रिटमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbchha adalat.JPG

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले बुधबार यो आदेश दिएको हो । विष्टलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुर्पक्षका लागि जेल पठाउन भन्दै पत्र लेखेको आरोपमा सरकारी किर्तेसम्बन्धी मुद्दामा तानिएको थियो ।

प्रहरीले उनीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ । सोही प्रकरणमा सर्वोच्च अदालतबाट आफूमाथि विभागीय कारबाही भएको जिकिर गर्दै विष्टले रिट निवेदन दर्ता गरेका थिए ।