Ad Image

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mawobadi.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रले समसामयिक परिस्थितिबारे छलफल गर्न आज (बिहीबार) पदाधिकारी बैठक बोलाएको छ । बैठक अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा हालैको बाढी–पहिरोले पुर्याएको क्षति र सरकारको कामकारबाही लगायतका विषयमा गहन छलफल हुनेछ । 

साथै, पार्टीको आन्तरिक संगठनका विषयमा पनि समीक्षा र छलफल गर्ने तयारी रहेको उनले बताए ।