शुक्लागण्डकी वडा कार्यालयमा आग*लागी, करिब ८ लाखको क्षति


तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा बुधबार बिहान विद्युत् चुहिएर आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
वडाध्यक्ष शालिकराम भट्टराईका अनुसार आगलागीबाट ७ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल र एउटा फ्रिज पूर्णरूपमा नष्ट भएका छन् ।