Ad Image

घेराबाराले चण्डीका आधारभूत विद्यालयमा पठनपाठन सहज

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/photo.jpg

भोजपुर । षडानन्द नगरपालिका–१० रिठ्ठाबोटस्थित चण्डीका आधारभूत विद्यालयमा घेराबारा गरिएपछि पठनपाठन र सुरक्षामा सहजता आएको छ । एकान्तमा रहेको यो विद्यालयमा पहिले पशुचौपाया र अनावश्यक मानिसहरूको प्रवेशले गर्दा शिक्षण सिकाइ प्रभावित हुने गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्लेका अनुसार घेराबाराले विद्यालयको चौरमा पशुचौपाया पस्ने समस्या हटेको र अभ्यासमूलक शिक्षणमा सहजता भएको छ । नजिकै हाटबजार लाग्ने भएकाले मादक पदार्थ सेवन गरेर मानिसहरू प्रवेश गर्ने समस्या पनि समाधान भएको छ ।

‘घेराबारा भएपछि विद्यालयको भौतिक सम्पत्तिको सुरक्षासँगै पठनपाठनमा सहजता छ,’ उनले भने । वडाध्यक्ष पेमदोर्ची शेर्पाले वडा कार्यालयले २ लाख रुपैयाँ बजेट विनियोजन गरी घेराबाराको काम सम्पन्न गरेको बताए ।

विद्यालय र विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर अन्य कामलाई पन्छाएर यो कार्य गरिएको उनको भनाइ छ । वडाले विकासका काममा पारदर्शिता अपनाउन सार्वजनिक सुनुवाइमार्फत योजनाहरू सार्वजनिक गर्दै आएको पनि उनले जानकारी दिए ।