Ad Image

टी–२० विश्वकप छनोटमा कुवेत र जापानसँग भिड्दै नेपाल

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Nepali-Cricket-team-world-cup-2024-a-1024x622.jpg

काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ । समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सहभागी कुल ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन् ।

प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

यो छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ । यस प्रतियोगितामा सहभागी नेपाल, ओमान, युएई र पपुवा न्युगिनीले यसअघि पनि टी–२० विश्वकप खेलिसकेका छन् ।