Ad Image

उपभोक्ता समिति कार्यकर्ता भर्ती केन्द्र बनेको भन्दै सांसद भट्टराईको विरोध

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/yogesh-bhattarai-1-23.jpg

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणका कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै भट्टराईले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनेको टिप्पणी गरे ।

उनका अनुसार, विगतमा उपभोक्ता समितिमार्फत काम गर्दा ठेकेदारभन्दा प्रभावकारी हुने भए पनि पछिल्लो समय उपभोक्ता समितिहरूमा बेथितिका चाङ लागेका छन् । यसले राजनीतिक दलहरूभित्रै पनि विभाजन र गुटबन्दी बढाएको उनको भनाइ छ ।

भट्टराईले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए । एमालेका सचिव समेत रहेका भट्टराईले उपभोक्ता समितिहरू राजनीतिक कार्यकर्तालाई बिगार्ने थलो बनेको भन्दै अब यस्ता समितिबाट काम गर्न नदिने गरी ऐन बनाउन प्रस्ताव गरे ।