Ad Image

क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news869040..jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नो कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने पक्का भएको हो ।

अब आइतवार चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच मेटलाइफ स्टेडियममा फाइनल खेल हुदैँछ । जुन रंगशालामा अर्को वर्ष विश्व कपको फाइनल आयोजना पनि हुनेछ।

संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको आयोजक मुलुक हो । त्यस्तै आगामी वर्षको विश्व कपका लागि क्यानडा र मेक्सिकोसँगै सह–आयोजक पनि हो।

फिफाको पहिले नै मियामीमा कार्यालय रहेको छ तर ट्रम्प टावरमा कार्यालय खोल्नु अमेरिकाको सरकारसँगको फिफाको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले भने, ‘हामीले क्लब विश्वकप र आगामी विश्वकपका लागि अमेरिकी सरकार र राष्ट्रपति विशेषतः व्हाइट हाउस टास्क फोर्सबाट निकै ठूलो सहयोग प्राप्त गरेका छौं।’

उनी क्लब विश्वकप र पुरूष विश्वकपको फाइनल अमेरिकामा हुन लागेकोमा खुसी व्यक्त गरेका छन् ।