Ad Image

युरोपमा बढ्यो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृ*त्यु

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news868920..jpg

एजेन्सी । यस वर्ष युरोपमा अत्याधिक गर्मी महशुस गरिएको छ। जलवायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढेपछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। 

 बिहिवार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्वजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । याे अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो भागहरूमा अत्याधिक गर्मी बढेको निष्कर्ष निकालिएको थियो । 

अध्ययनअनुसार स्पेनमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने फ्रान्समा जंगलमा आगलागी समेत भएको छ । अध्ययनमा बार्सिलोना, म्याड्रिड, लन्डन र मिलान लगायत १२ सहरलाई समावेश गरिएको थियो, जहाँ तापक्रम यस वर्ष मात्रै औसत रूपमा ४ डिग्री सेल्सियससम्म बढेको थियो।

इम्पेरियल कलेज लन्डन र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस अवधिमा अनुमानित २ हजार ३ सय मृत्यु मध्ये १ हजार ५०० जलवायु परिवर्तनसँग सम्बन्धित थिए ।

इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता डा.बेन क्लार्कले जलवायु परिवर्तनले पहिलेको तुलनामा धेरै तातो बनाएको जनाएका छन् र यसले अझ खतरनाक बनाउँदै लैजाने चेतावनी पनि दिएका छन् ।