Ad Image

एमालेभित्रको विवाद : ‘ललकार्ने’ प्रवृत्ति बन्द गर्न योगेश भट्टराईको आग्रह

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/yogesh-bhattarai-1-23.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र एकअर्कालाई ’ललकार्ने’ प्रवृत्ति बन्द गर्न आह्वान गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेपछि स्वयं भण्डारी र एमाले नेताहरूबीच सार्वजनिक रूपमा भइरहेका आरोप–प्रत्यारोपप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।

भट्टराईले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं।’ उनले एमाले केन्द्रीय कार्यालय च्यासललाई संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले थपे ‘बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत समाधान खोजौं, जबजको मर्म पनि यही हो।’