Ad Image

भारतमा १३ वर्षीया नेपाली बालिका बला*त्कृत, ५ जनाविरुद्ध उजुरी दर्ता

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rape.jpg

काठमाडौं । भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा एक १३ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छन् ।

डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडितको नेपालस्थित ठेगाना खुलाइएको छैन, तर उनी परिवारसहित केही समयदेखि सो क्षेत्रमा बस्दै आएको बताइएको छ ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमका अनुसार शौचालय गएका बेला केही स्थानीय व्यक्तिले बालिकालाई फकाएर नजिकैको बगैँचामा लगी छुरा देखाएर धम्क्याउँदै बलात्कार गरेका थिए ।

बालिकाले साँझ परिवारका सदस्यलाई घटनाबारे बताएपछि आरोपितहरूसँग बुझ्न खोज्दा उल्टै मारपिट गरिएको पीडित परिवारको आरोप छ । घटनाबारे जानकारी पाएपछि प्रहरीले राति नै पीडित परिवारलाई प्रहरी थानामा लगेर उजुरी दर्ता गराएको थियो । 

सोही आधारमा प्रहरीले सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारी नाम गरेका पाँच स्थानीयविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । हाल यी सबै आरोपित फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।