Ad Image

पतञ्जली जग्गा प्रकरण : विशेष अदालतमा ४ जनाको बयान सुरु

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bisesh-Adalat.jpg

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले आज (शुक्रबार) चार जना प्रतिवादीको बयान लिन सुरु गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव स्वर्गीय माधवप्रसाद घिमिरेकी पत्नी कमला घिमिरे, मालपोत कार्यालय काभ्रेका तत्कालीन नायब सुब्बा रामकाजी श्रेष्ठ, केदारनाथ भट्टराई र खरिदार मोनराम शर्माको बयान भइरहेको छ ।

बयान सकिएपछि उनीहरूको सम्बन्धमा थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय लिनेछ ।