बामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने


काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम अब नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा विशेष समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीचको एकता घोषणा गरिनेछ ।
यस सम्बन्धी सहमतिपत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरिसकेका छन् ।
यो एकतालाई नेपालको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको माधव निकट नेताहरू बताउँछन् ।