Ad Image

२० वर्षमा विवाह गरी सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/PRO-KTM-277R9A6825copy.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्नुपर्ने बताएका छन् ।

शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजनन क्षमता बढी भएको बेलामै सन्तान जन्माउनु राम्रो हुने धारणा राखे ।

‘मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइनँ,’ उनले भने, ‘यति साह्रो व्यस्त हुनुपनि भएन ।’ प्रधानमन्त्री ओलीले विकास र समृद्धिसँगै जनसंख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भन्दै समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न आग्रह गरे ।

उनले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले ’४० कटेपछि रमाउला’ भन्ने गीतमा नअल्झन सुझाव दिए । उनले विकास र जनसंख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृद्धिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए ।

ओलीले शक्तिशाली राष्ट्रहरूतर्फ संकेत गर्दै आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरूले त्यो धन्दा छाड्नुपर्ने बताए । उनले जनसांख्यिक असन्तुलनलाई कायम रहन दिन नहुने भन्दै ’सन्तानले डाँडाकाँडा ढाकुन्’ नभन्न सिकाउँदा उल्टो असर परी सन्तान नै नपाउने स्थिति आएकोमा चिन्ता व्यक्त गरे ।