Ad Image

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिवसँग प्रहरीले गर्‍यो केरकार

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gyanindra.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठकसँग प्रहरीले सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार बोलाएपछि पाठक परिसरमा उपस्थित भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पाठकलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएका लेटरप्याड प्रयोग गरेको र संविधानले नचिनेको ‘संवाद सचिवालय’ भनी सम्बोधन तथा लेटरप्याडमा सूचना दिने गरेको विषयमा बुझ्नका लागि बोलाइएको हो ।

एसपी बोहराले श्री ५ महाराजधिराजको लेटरप्याड प्रयोग गरेको विषयमा केही बुझ्न भनेर आज ल्याइएको हो भन्दै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।