सेयर धितो कर्जाको सीमा वृद्धि, २५ करोडसम्म ऋण पाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जाको सीमा बढाइएको घोषणा गरेको छ ।
गभर्नर विश्वनाथ पौडेलले शुक्रबार उक्त घोषणा गरेका हुन् । यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जाको अधिकतम सीमा १५ करोड रुपैयाँ रहेकोमा अब त्यसलाई बढाएर २५ करोड रुपैयाँ पर्याइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, सोही रकमको ७० प्रतिशतसम्म सेयर धितोमा कर्जा प्रवाह गर्दै आएका छन् । जेठ मसान्तसम्ममा यस्तो कर्जा १ खर्ब २८ अर्ब रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।