Ad Image

राष्ट्र बैंकले ३ करोड पुर्‍यायो घर कर्जाकाे सीमा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal-rastra-bank.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीति सार्वजनिक गर्दै घर कर्जाको सीमा वृद्धि गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार यसको घोषणा गर्दै अब व्यक्तिले २ करोडको सट्टा ३ करोड रुपैयाँसम्म घर कर्जा लिन सक्ने जानकारी दिएका हुन् । यो वृद्धि नयाँ घर बनाउने वा खरिद गर्ने दुवै प्रयोजनका लागि लागू हुनेछ ।

नयाँ घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले घरको कुल लागतको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछन्, भने अन्य घर कर्जाका लागि ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ ।