Ad Image

काठमाडौं महानगरमा आगामी वर्षकाे बजेट २५ अर्ब निर्धारण

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahanagaar.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि करिब २५ अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ ।

बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । सोही अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय राजश्व परामर्श समितिले गरेको छ ।

शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गर्नेछ, र त्यसपछि नगरसभामार्फत बजेट सार्वजनिक गरिनेछ । नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन् ।

राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थितिमा यो बैठक सम्पन्न भएको थियो ।