Ad Image

राष्ट्रिय सभामा 'ज्येष्ठ नागरिक' सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KiranrajBista_KTM_RSS_27__U3A0090(3).jpeg

काठमाडौं । राष्ट्रिय सभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै सदस्य बिसीले ज्येष्ठ नागरिकको परिभाषामा परेका तर सामाजिक सुरक्षा भत्ता नपाउनेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताइन् ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्ने संस्कृतिको विकास गरिनुपर्नेमा पनि उनले जोड दिइन् । विसं २०८२ जेठ ३१ गते दर्ता भएको प्रस्ताव आज प्रस्तुत गरिएको बिसीले जानकारी गराइन् । 

प्रस्तावको समर्थन गर्दै सदस्य अर्यालले हाल युवाको जनसङ्ख्या घट्दै जाने र ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने अवस्थामा पुगेकाले देशका लागि यो कुनै न कुनै रुपमा योगदान गरेका ज्येष्ठ नागरिकको सम्मान गर्न पनि उक्त प्रस्तावले सहयोग गर्ने विचार व्यक्त गरिन् ।