गृहमन्त्रीविरुद्धको अभिव्यक्ति दिएर पक्राउ परेका ‘ड्राइभर रेशम’ कारागार चलान


काठमाडौं । युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूलाई अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका ‘ड्राइभर रेशम’ भनेर चिनिने बागलुङको निसीखोला गाउँपालिका वडा नं.४ का ३६ वर्षीय रेशमराज पौडेल कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले ५० हजार धरौटीमा उनलाई रिहा गर्न आदेश जारी गरेको थियो । तर धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो ।
गत असार २ गते ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई नेपालगञ्जको रुपैडियाबाट नियन्त्रणमा लिएको थियो । उनको आफ्ना युट्युब च्यानलमा पछिल्लो पटक अपलोड गरेको भिडियोमा रास्वपा तथा भिजिट भिसा प्रकरणका विषयलाई लिएर गृहमन्त्री रमेश लेखकविरुद्ध अभिव्यक्ति दिएका थिए ।
उनले ज्ञानेन्द्र शाही, वकिल, शिक्षामन्त्री रघुजी पन्तलगायतलाई विभिन्न आरोप लगाउँदै अपशब्द समेत बोलेका थिए ।