Ad Image

फिफाले हटायो नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/fifa.PNG

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको आर्थिक बन्देज हटाएको छ । फिफाले पाँच वर्षअघि आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको  ‘कन्ट्रोल फन्डिङ’ को बन्देज हटाएको हो । 

फिफाले १५ मार्च २०२१ मा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो ।

फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को गत बिहीवारको बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।