Ad Image

‘घुस डिल’ प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rekha-sharma_s8gz4SPt4H.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीहरूबाटै ’घुस डिल’ भइरहेको समाचारहरू बाहिर आएपछि सरकारको जवाफ मागेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद तथा पूर्वमन्त्री रेखा शर्माले प्रधानमन्त्रीलाई यस विषयमा संसदमा जानकारी गराउन माग गरिन् । शर्माले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री घुस डिल प्रकरणमा मुछिएको खबरप्रति सरकारको धारणा स्पष्ट पार्न आग्रह गरिन् ।

उनले दोषी जोसुकै भए पनि कडा कारबाही गर्नुपर्ने माग गर्दै अन्यथा यो सरकारको एक वर्षको उपलब्धि यही हुने भन्दै चेतावनी दिइन् । सांसद शर्माले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमाको हकमा रेफरल सेन्टर बनाइएकोमा पनि आपत्ति जनाइन् । 

‘आफ्नो आँगनको हस्पिटल छोडेर २४÷२५ किलोमिटर टाढा रिफर गराउन जानुपर्ने अवस्थामा पुर्याइएको छ,’ उनले भनिन् । उनले सरकारलाई यो निर्णय तत्काल सच्याउन र बीमित बिरामीलाई थप कष्ट नदिन गम्भीर ध्यानाकर्षण गराइन् ।