काठमाडौं महानगरको नगरसभा सुरु, बजेट प्रस्तुत गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट ल्याउन १७औँ नगरसभा सुरु भएको छ ।
नगरसभामा महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।
त्यसैगरी, उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि ल्याइने कार्यक्रम छ ।