Ad Image

काठमाडौं महानगरको नीति तथा कार्यक्रम प्रस्तुत

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ktm mmm.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेटको पूर्ण कार्यान्वयनका लागि सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

आइतबार बसेको १७औँ नगरसभामा उनले महानगरवासी, नागरिक समाज, निजी क्षेत्र, जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय सहभागिताको अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन गरे ।

गत शुक्रबार बसेको ४०औँ कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । राजस्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

उपप्रमुख सुनिता डंगोलले बजेट आजै प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि ल्याइने कार्यक्रम छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने भए पनि काठमाडौँ महानगरभित्रको आन्तरिक द्वन्द्वका कारण ढिलाइ भएको हो ।