Ad Image

एसईई उत्तीर्ण छात्रालाई ‘मेरी जान’ भन्दै म्यासेज पठाउने शिक्षक पक्राउ

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/girl school.jpg

जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका–९ स्थित माध्यमिक विद्यालय गम्हरिया श्रीपुरका शिक्षक रविन्द्रप्रसाद साह छात्रालाई अशिष्ट सन्देश पठाएको आरोपमा पक्राउ परेका छन् ।

शिक्षक साहले हालै एसईई उत्तीर्ण भएकी एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर म्यासेज पठाएका थिए । छात्राले परिवारलाई म्यासेजबारे बताएपछि आफन्तहरू विद्यालय पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका छन् ।

विद्यालयमा तनावग्रस्त अवस्था बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । प्रहरीले शिक्षक साहलाई समेत पक्राउ गरेको जनाएको छ ।

तोडफोड र प्रदर्शनका कारण विद्यालयमा पढाइ ठप्प भएको छ । पीडितका आफन्तले शिक्षक साहमाथि कडा कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवले शिक्षक साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए ।