Ad Image

टिपरले ठक्कर दिँदा झापामा एक महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deadbody1662053113.jpg

झापा । झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा आज सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे१ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेकोे मे११प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटीको पछाडि सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटी चालक ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

टिपर चालक विर्तामोड–२ का ४६ वर्षीय तोयानाथ विकलाई नियन्त्रणमा लिइ थप अनुुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।