घुस ‘डिल’ अडिओ प्रकरण : मन्त्री गुप्तालाई बर्खास्त गर्ने तयारी
No Author Assigned | २०८२ असार २९ गते ०९:५६
काठमाडौं । घुसको ’डिल’ गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदबाट हटाउने तयारी भएको छ । उच्च स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँ फर्किएपछि यसबारे निर्णय लिनेछन् ।
स्रोतले बताए अनुसार, मन्त्री गुप्तालाई राजीनामा गराउने वा बर्खास्त गर्ने निर्णय हुन सक्नेछ । “राजीनामा गर्न नै भनिन्छ। त्यो नै उत्तम विकल्प हो,“ स्रोतले भन्यो, “नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ।”
सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप लगाएका छन् ।
यद्यपि, स्रोतका अनुसार मन्त्री अधिकारीमाथि भने यही आरोपका आधारमा तत्काल कुनै निर्णय लिने सम्भावना छैन ।
“पहिलो कुरा त मन्त्री गुप्ताकै कुरा पनि पुष्टि हुन बाँकी छ,“ स्रोतले भन्यो, “अब उनले भन्यो भन्दैमा तत्काल अर्को मन्त्रीलाई एक्सन लिने हुँदैन।“
Facebook Comments