Ad Image

स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramesh lekhak 3.PNG

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिमण्डल बाहेक स्पेन भ्रमणमा गएर नफर्किएकाहरुबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

सोमवार बिहान मन्त्री लेखकले  स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को–को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश दिएको मन्त्री लेखकको सचिवालयले जनाएको छ । 

छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । दोषी देखिएकाहरूलाई कार्बाही गरिने बताइएको छ ।