Ad Image

प्रचण्डको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने–हेर्न जानुस्, फ्लडलाइट र प्यारापिट बनिरहेको छ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बनिरहेको फ्ल्डलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ।

प्रचण्डले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको अभावबारे आज प्रतिनिधि सभामा प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले आफू सरकारमा हुँदा कुनै पनि काम नगरेको र जवाफ समेत दिनु नपरेको समेत आरोप लगाए । उनले भनेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’