Ad Image

सत्तामा रहेकाले नै असन्तुष्टि बाँड्नु नेतृत्वको कमजोरी हो : उपसभापति खड्का

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Purna.jpg

कर्णाली । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरुको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरुले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरु आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताए ।

उनले भने, “सत्तामा रहेका राजननीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।”

उनले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकांक्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।”