अब एमालेको संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने
No Author Assigned | २०८२ असार ३१ गते ०८:०७
काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न अब परीक्षा दिनुपर्ने भएको छ। सोमवार बसेको केन्द्रीय संगठन विभागको बैठकले सदस्यता नवीकरण गर्नुअघि अनिवार्य रूपमा परीक्षा दिनुपर्ने निर्णय गरेको हो।
विभागका सचिव माधव ढुंगेलले मंगलवार बैठकका निर्णयबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरण गर्नुअघि अनिवार्य परीक्षा दिनुपर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।
पार्टीका नीति, सिद्धान्त, दृष्टिकोण, विचारलगायतबारे जानकारी छ कि छैन भन्ने बुझ्नका लागि सामान्य परीक्षा लिने विभागले जनाएको छ ।
नविकरण अघि प्रशिक्षण दिने र अन्तिममा वस्तुगत प्रश्न सोधेर परीक्षा लिने बताइएको छ ।
Facebook Comments