Ad Image

स्पेन प्रकरणमा छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा समिति गठन

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/SSP.PNG

काठमाडौं । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक ए(सएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो।

समिति गठन भएसँगै छानबिनको काम समेत सुरू भइसकेको छ । 

सोमवार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई छानबिन गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै चौतर्फि विरोध भइरहेको छ । संघीय संसदमा सांसदहरुले प्रश्न समेत उठाइरहेका छन् । 

सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।