Ad Image

संसद विघटनबारे विद्यादेवी भण्डारीले भनिन्–यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छुु

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhya bhandari 1.PNG

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले संसद विघटनबारे प्रश्न सोधेपछि हाल नेकपा एमालेकी नेता समेत रहेकी भण्डारीले आफूले संविधानअनुसार काम गरेको स्पष्ट पारेकी हुन् ।

उनले संसद विघटन विगतको कुरा भएको बताउँदै यसले आफूलाई पछ्याइरहनेबारे आफू जानकार रहेको बताएकी हुन् । उनले भनिन्, ‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छुु । २०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।’

उनले आफू राष्ट्रपति भएको बेलामा दुई पटक संसद विघटन भएको भन्दै त्यसमा कुनै दबाब नभएर आफूले मन्त्रिपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन मात्र गरेको स्पष्ट पारिन् । उनले नेता भण्डारीले भनिन्, ‘म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’