संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलवार बिहान मन्त्री पदबाट राजीनामा दिएपछि न्यौपानेलाई नियुक्त गरिएको हो ।