Ad Image

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp single.PNG

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो । 

कुलपति ओलीले बेरुजु फछ्र्योटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ ।